आजका प्रमुख खबरहरुः
१.(भयावह नै बन्यो)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ६ सय पुग्यो /आज २ हजार ५९ संक्रमित थपिँदा १६ सय ८० डिस्चार्ज /देशभर कुल संक्रमितको संख्या एक लाख नाघ्यो /२७ हजार ५३ सक्रिय संक्रमित ।
२.(गर्न जरुरी छ)
कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने स्वास्थ्य मन्त्रालयको चेतावनी /कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासनलाई सूचना /दशैं तिहारमा भिडभाड नगर्न र अनलाइन वा फोनबाटै आशिर्वाद लिन आग्रह ।
३.(कसरी फैलियो कोरोना ?)
कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरुवा रोग नियन्त्रण महाशाखाद्वारा ‘एन्टिबडी’ परीक्षण सुरु/परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली सातवटै प्रदेशमा खटाइयो ।
४.(अन्ततः सहमति)
२५ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमतिको तयारी/ ६ बुँदे मागमा सहमतिपछि आजै हस्ताक्षरपछि केसीले अनसन तोड्ने ।
५.(छानविन कसले गर्छ ?)
प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै प्रमाणित गदिदिने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको दावी /ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको टिप्पणी ।
६.(सजाय कडा होस्)
भक्तपुरमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ /झापास्थित घरमा लुकेर बसेको अवस्थामा राईलाई भक्तपुरबाटै आएको प्रहरी टोलीद्वारा पक्राउ ।
७.(तब शवहरु उठे)
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले अन्ततः शव बुझे /घटनाको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्ने प्रमुख जिल्ला अधिकारीको प्रतिवद्धतापछि ३६ घण्टापछि शव उठाइयो ।
८.(उडान बाटो)
भारतले नेपाललाई नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा पर्यटन मन्त्री भट्टराई र भारतीय राजदूत क्वात्रा बीच छलफल/ रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक ।
९.(कित्ताकाटको कचिङगल)
भू—उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले उठायो प्रश्न /सम्बन्धित मालपोतका हाकिमहरुको तजबिजमा कित्ताकाट खुलाइएका संसदकोे प्रत्यायोजित समितिको आरोप ।
१०.(कहिले बन्छ धरहरा ?)
निर्माणाधीन धरहराको निर्माण अवधि नौ महिना थपियो /लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले समय थप्नुपरेको निमार्णको ठेक्का पाउको रमन कन्स्ट्रक्सनको भनाई ।
११.(हेरौं के भित्रिन्छ ?)
गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन आजबाट सुरु /देशबाहिर रहेका दक्ष नेपालीहरुको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेको एनआरएनहरुको भनाई ।
१२.(हुलाकको औचित्य ?)
नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६ औं विश्व हुलाक दिवस मनाईंयो /प्रविधियुक्त बनाई हुलाक सेवालाई सुदृढ बनाईने प्रधानमन्त्रीको भनाइ/संगठनको संरचनात्मक सुधारमा जोड ।
१३.(विमस्टेकको तयारी)
कोभिड–१९ को संकटका बीच वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने श्रीलंकाको प्रस्ताव / महामारी कम भएमा भौतिक रुपमा नभए भर्चुअल विधिबाट सम्मेलन गर्ने तयारी ।
१४.(खाद्यलाई नोबेल शान्ति)
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने / भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई पुरस्कार प्रदान ।
र,
१५.(विश्व भित्रको कहर)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख ६७ हजार बढीको मृत्यु /३ करोड ६८ लाख बढी संक्रमित /२ करोड ७६ लाख ९४ हजार बढी निको भए ।