२३ असाेज, स्याङ्जा।
स्याङ्जाकाे भीरकोट नगरपालिका-१ मा विद्यालयको बसको ठक्करले शुक्रबार दुई जनाको घटनास्थलमा निधन भएको छ । वालिङबाट विद्यार्थी बोकेर हेलु तर्फ आउँदै गरेको पाइनियज एकेडेमीको ग १ क ४३७० नम्बरको बसले दार्सिङमा ग १३ प २८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
बसले ठक्कर दिँदा मोटरसाईकल सवार वानपा १ का ५८ वर्षीय ढालबहादुर राना, कपिलबस्तुका ३३ वर्षीय गुप्तबहादुर खत्री ध्रुर्ब रहेको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई कर्ण बहादुर चुनाराले जानकारी दिए ।मोटरसाइकल पुतलीबजारबाट वालिङतर्फ जाँदै गरेको थियाे ।
मोटरसाईकलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको चुनाराले बताए ।