२४ आश्विन, काठमाडौं ।
नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
पूर्व कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एकपछि अर्को समस्यासँगै केन्द्रीय समितिको बैठक नै अनिश्चित बनेको छ । असोज १५ गते नमुना संकलन भएकोमा केहि केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि १९ गतेको बैठक स्थगित भएको थियो ।
त्यसपछि भोलिका लागि तोकिएको बैठक पनि पूर्व कोषाध्यक्ष प्रसाईंको निधनका कारण रोकिएको छ । कांग्रेसका केहि शिर्ष नेताहरु आइसोलेशनमा रहेकाले बैठक छिटै हुने सम्भावना टर्दै गएको छ ।