श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

२५ आश्विन,खोटाङ ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन् । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा विहानी पख उनिहरु विच घरायसी विषयमा सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनि गम्भीर घाईते भएकी थिईन ।

घाईते ज्ञान कुमारीलाई थप उपचारको लागि गाडीमा काठमाडौं लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । यता श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए ।

फरार रहेका उनलाई शनिबार विहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनी उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.