विद्युतिय माध्यम (वालेट)बाट सरकारी राजश्व तिर्दा अब शुल्क नलाग्ने

विद्युतिय माध्यम (वालेट)बाट सरकारी राजश्व तिर्दा अब शुल्क नलाग्ने

२५ असोज, काठमाडौं । विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको बताए । कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको उनले बताए ।

भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्तसम्म निःशुल्क गर्न राष्ट्र बैंकले भनेको हो ।

पुस पछि भने तोकिएको शुल्क लिन सेवा प्रदायकहरुले पाउनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.