सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

२५ असोज, काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.