राप्रपाले विस्तार गर्‍यो केन्द्रीय समिति, सदस्य संख्या ७२७ पुग्यो

राप्रपाले विस्तार गर्‍यो केन्द्रीय समिति, सदस्य संख्या ७२७ पुग्यो

२५ असोज, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकता गरेको राप्रपाले आफ्नो केन्द्रीय कार्य समिति विस्तार गरेको छ । राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै ९८ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ३२७ मा ४०० सदस्य थप गरेर ७२७ सदस्यीय केन्द्रीय कार्य समिति बनाएको जनाएको छ ।

पार्टी एकिकरण भएर निर्वाचन आयोगबाट मान्यता पाएपछि सो दलले केन्द्रीय कार्यसमिति विस्तार गरेको बताएको छ । असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजनको काम सम्पन्न गरिसक्ने बताएको छ । त्यस्तै आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.