कर्णाली प्रदेशमा नेकपा संसदीय दलको बैठक बोलाइयो

कर्णाली प्रदेशमा नेकपा संसदीय दलको बैठक बोलाइयो

२६ असोज, काठमाडौं ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मंगलबार दिउँसो १ बजे  संसदीय दलको बैठक बोलाइएको छ । प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले  बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक बस्नेबारे सूचना आएको  प्रदेश सांसद पदमा खड्काले जानकारी दिइन् । तर, दलको नेता एवम् मुख्यमन्त्री शाहीसँग परामर्श समेत नगरी बैठक बोलाइएको जनाइएकाे छ ।

प्रमुख सचेतक शाहले भने बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको बताए । उनले भने ‘प्रजातान्त्रिक प्रक्रियाको सम्मान त गर्नु प¥यो । अब बैठकमै यसबारे छलफल हुन्छ ।’

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले  हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.