मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै

२७ असोज, एजेन्सी ।

आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार मंगल ग्रह आज पृथ्वी र सूर्यको सिधा रेखामा पर्नेछ।

यसको अर्थ यी तीनै ग्रह १८० डिग्रीको कोणमा रहनेछन्। त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने नासाले जनाएको छ ।

यसलाई एक दुर्लभ खगोलीय घटना मानिएको छ। अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

तर ६अक्टुबरमै मंगल ग्रह पृथ्वीको नजिक आएको थियो। उक्त दिन पृथ्वीबाट मंगल ग्रहको दूरी ३८.६ मिलियन माइल थियो। सन् २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४.८ मिलियन माइल नजिकसम्म आएको थियो। अब २२८७ वर्षसम्म यति नजिक नआउने नासाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.