कतारबाट बिदामा आएर पुनः फर्किन चाँहे पूर्व अनुमति अनिवार्य

कतारबाट बिदामा आएर पुनः फर्किन चाँहे पूर्व अनुमति अनिवार्य

२७ असोज, काठमाडां । यदि तपाईं कतारबाट बिदामा स्वदेश आउनुभएको छ र पुनः जान चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् ।

कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् ।

यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति लिइदिएमा तपाईँ कतार जान पाउनुहुनेछ ।

तर रोजगारदाताले प्रवेशको अनुमति नलिएमा तपाईँले पुनः श्रम स्वीकृति लिंदैमा कतार प्रवेश गर्न पाइनेछैन् । नयाँ रोजगारीमा श्रमिक लैजाने सम्बन्धमा कतारले केही भनेको छैन ।

कोरोना महामारी सुरु भएपछि कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.