कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त

कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त

२७ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.