२९ असाेज, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभाका समानुपातिक सांसद सानु शिवा पहाडीको आज बिहिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थीव शरीरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । यसअघि सांसद पहाडीको पार्थिक शरीरमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जलि अर्पण गरेका थिए ।
उनकाे बुधबार बिहान काठमाडौंमा निधन भएको थियो । लामो समयदेखि मृगौला पीडित पहाडीलाई मुटुको पनि समस्या थियो । दुवै मृगौला प्रत्यारोपण गराएकी सांसद पहाडी लामो समयदेखि स्वास्थ्य उपचार गराइरहेका थिइन्।
उनको श्रद्धाञ्जलि सभामा पार्टीका नेता, कार्यकर्ता, सांसद तथा आफन्तहरुको सहभागी थियो । उनी विद्यार्थी राजनीति हुँदै उनले दलित आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएकी थिइन् ।