१ कात्तिक, वीरगञ्ज।
वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरेकाे हाे ।
फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको गरिएका जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताइन् । सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले आज छापामारी सो सुन बरामद गरेको जनाइएकाे छ ।
यसबारे अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन् ।