दसैँ भत्ता फिर्ता गर्न का‍ंग्रेसका सबै सांसदलाई देउवाको निर्देशन

दसैँ भत्ता फिर्ता गर्न का‍ंग्रेसका सबै सांसदलाई देउवाको निर्देशन

३ कार्तिक, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सरकारले देशमा कोरोना भाइरसको महामारीका कारण जनता समस्यामा रहेको तथा अर्थतन्त्र कमजोर रहेका बेला सांसदलाई दसैँ भत्ता बाँडेको भन्दै आलोचना भइरहेको छ ।

विभिन्न सांसदहरुले व्यक्तिगत रुपमा भत्ता नलिने, फिर्ता गर्ने वा अरु सामाजिक कार्यका लागि खर्च गर्ने बताइरहेका बेला कांग्रेसले संस्थागत रुपमै आफ्ना सबै सांसदको भत्ता फिर्ता गर्ने भएको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६१ मध्ये ५९ सांसद छन् । दुई सांसद निलम्बनको अवस्थामा रहेकाले उनीहरुले भत्ता पाएका छैनन् । यस्तै राष्ट्रियसभामा उसका ६ जना सांसद छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.