संकटकाल–कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना भ्रामकः गृह मन्त्रालय

संकटकाल–कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना भ्रामकः गृह मन्त्रालय

३ कार्तिक, काठमाडौं ।
गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल–कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ ।

आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै सन्देश पठाइएको थियो ।

यी सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.