प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा राखिने

प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा राखिने

३ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

सोमबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री र मन्त्रीहरुकाे दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएकाे जानकारी दिए ।

साथै संघीय सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.