नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल

३ कात्तिक, विराटनगर ।
नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन । मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले जानकारी दिएका छन् ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालका साथमा कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.