पोखरीको डिलमा तास खेलिरहेकाहरु प्रहरी नियन्त्रणमा

पोखरीको डिलमा तास खेलिरहेकाहरु प्रहरी नियन्त्रणमा

४ कार्तिक, विराटनगर ।
मोरङ रतुवामाई नगरपालिका वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा तास खेलिरहेका एक दर्जन ब्यक्ति पक्राउ परेका छन ।

पोखरीको डिलमा रहेको टहरोमा तास खेलिरहेका १२ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई नगद तथा सामान सहित नियन्त्रणमा लिई जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडि बढाईएको मोरङ प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.