पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ : गगन थापा

पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ : गगन थापा

४ कार्तिक ,काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्रै कर्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकार्षण गराएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसदको बैठक राख्न बाध्य पार्न र सदन/सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने बताएका हुन् ।

नेता थापाले लेखेका छन्,‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।”

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.