४ कात्तिक, काठमाडाैँ ।
जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको एक नेताले जानकारी दिए । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।
पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए।