‘रअ’ प्रमुख सामान्तकुमार गोयल काठमाडौँमा

‘रअ’ प्रमुख सामान्तकुमार गोयल काठमाडौँमा

५ कार्तिक, काठमाडौँ ।
भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ उत्रिएका छन्।

केहीबेर अघि इण्डियन एयर फोर्सको विशेष चार्टड विमानबाट गोयल र रअ कै एक अर्का उच्च तहका अधिकारी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

स्रोतका अुनसार गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु विमान छेउमै पुगेका थिए। उनीहरुको भ्रमणको रेकर्ड नरहने गरी पासपोर्ट परीक्षण नगरी उनीहरुलाई भिआइपी कक्षबाट बाहिर निकालिएको छ।

दुई देशका सुरक्षा अधिकारीको समन्वयनमा उनीहरुलाई विशेष व्यवस्था गरेर विमानस्थलबाट बाहिरिएका हुन्। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको कार्तिकमा हुने नेपाल भ्रमणको तयारी स्वरुप उनीहरु काठमाडौँ आएका हुन्।

स्रोतका अनुसार उनीहरु बुधबार नै दिल्ली फर्किनेछन्। लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि सेना प्रमुख नरवाणे विवादस्पद अभिव्यक्ति दिएका थिए।

उनले नेपालले चीनको उक्सावहटमा नक्सा बनाएको बताएका थिए। सीमा विवादलाई लिएर नेपाल र भारतबीचको सम्बन्ध चिसिएका बेला हुन थालेको भारतीय सेनापतिको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ सेना प्रमुखको उपाधि दिइने तयारी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.