कोरोना संक्रमणबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि पुनको मृत्यु

कोरोना संक्रमणबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि पुनको मृत्यु

५ कात्तिक, डोटी  ।

कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।

नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।

केआईसिंह गाउँपालिका–४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए। नेता पुन २०४६ साल भन्दा अगाडिदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । डोटीमा कोरोनाबाट मृत्यु हुने पुन पहिलो व्यक्ति हुन् । डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.