कोरोना संक्रमितकाे निःशुल्क उपचार गर्न कांग्रेस सभापति देउवाकाे आग्रह

कोरोना संक्रमितकाे निःशुल्क उपचार गर्न कांग्रेस सभापति देउवाकाे आग्रह

६ कात्तिक, काठमाडाैँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन्। उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःसर्त, विना भेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन् ।

सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको याे अवस्थामा नागरिककाे अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन् ।

उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन् । ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक हो । सरकारले विना सर्त यसको कार्यान्वयन गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.