९ कात्तिक, काठमाडौं ।
पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’
