लुम्बिनी मेडिकल कलेजमा उपचारारत थप दुई संक्रमितको मृत्यु

लुम्बिनी मेडिकल कलेजमा उपचारारत थप दुई संक्रमितको मृत्यु

१२ कार्तिक, बुटवल ।
लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारारत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला रहेका छन् ।  दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो । पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् ।

उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.