चौरसियाको हत्यामा संलग्न मुख्य तीन आरोपी अझै फरार

चौरसियाको हत्यामा संलग्न मुख्य तीन आरोपी अझै फरार

१३ कात्तिक, पर्सा । पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य तीन जना आरोपी अझै फरार रहेको प्रहरीले जनाएको छ ।

ती संलग्न व्यक्ति विन्दवासिनीकै हुन् । वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारीले चौरसियाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। फरार ती तिनै जनाको प्रहरीले खोजी गरिरहेको छ ।

उक्त घटनामा जम्मा १२ जनाविरूद्ध जाहेरी छ । जिल्ला अध्यक्ष राजकुमार गुप्ताविरूद्ध पनि पीडितले जाहेरी दिएका छन्।
जाहेरीअनुसार गुप्ता भने घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विन्दवासिनी-३ का हमिस मियाँ र देवा सहनी पक्राउ परेका छन्। उनीहरूको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनायो।

कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकाको कमिटी गठनपछि भएको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

घटनामा संलग्न नभएका व्यक्तिको पनि नाम आएपछि अहिलेसम्म जाहेरी दर्ता हुन नसकेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.