नेपालगञ्जबाट २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ

नेपालगञ्जबाट २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ

१३ कात्तिक, बाँके । बाँके नेपालगञ्जबाट  २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरेका छन्।

यो विषयमा जानकारी लिने प्रयास गर्दा बाँकेका प्रहरी अधिकारीहरु भने सम्पर्कमा आउन चाहेनन्।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई गएराति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै रहेको एउटा जुवा अखडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको एक प्रहरी अधिकारीले बताए।

बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको नेतृत्वमा गएको टोलीले बुधबार राति उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ।

जुवाको खालबाट पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको स्रोतले जानकारी दिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.