आज पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

आज पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

१४ कात्तिक, काठमाडौं । आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेको छ ।

यही अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिउको छ ।​

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.