१५ कार्तिक, विराटनगर ।
झापाको मेचीनगर नगरपालिका–१५ हल्दिबारी स्थित एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी (पटका) बरामद गरिएको छ ।
सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका पटकाहरु बरामद गरेको हो ।
लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।