मुख्यमन्त्री पौडेल कोरोनामुक्त

मुख्यमन्त्री पौडेल कोरोनामुक्त

१६  कात्तिक, हेटौंडा ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।

यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत रहेका छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.