मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैनः प्रधानमन्त्री ओली

मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैनः प्रधानमन्त्री ओली

१६ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाट कोभिडले उब्जाएको परिस्थितिका कारण केही पातलो भएको प्रतिक्रिया दिएका छन् ।

पार्टीभित्र अन्तरविरोध देखिएको भन्दै सञ्चार माध्यममा आएका समाचारबारे नेपाल टेलिभिजनले राखेको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री ओलीले बाहिर मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था नरहेको स्पष्ट पारे । उनले पार्टी ठीक ढङ्गबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा अन्तरविरोध र असमझदारीको अवस्था उत्पन्न भन्दै पार्टी महासचिव विष्णु पौडेलले चिन्ता व्यक्त गरेका छन् । साथै पार्टीको आन्तरिक जीवन अन्तरविरोधग्रस्त भएको बताउँदै महासचिव पौडेलले मुलुक र जनाताका लागि पार्टी एकताको रक्षाका लागि सहमतिका साथ निर्णयमा पुग्न पनि पार्टी अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।, नेपाल टेलिभिजनबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.