१७ कात्तिक, काठमाडौं ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा निवेदन दर्ता भएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिट दर्ता हुँदा प्रधानमन्त्री ओलकिो नाम भने हटाइएको छ ।
सर्वोच्च अदालतले कोभिड १९ को उपचार निशूल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले निवेदन दिएका हुन् ।
असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कोभिड १९को सबै उपचार निशुल्क गर्नु भनी परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले उपचार शुल्क आफैं तिर्नु भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सम्मको सजाय गर्न माग गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै स्वास्थ्यमन्त्री ढकाललाई १ वर्ष कैद र १० हजार जरिवाना गर्न निवेदनमा माग गरिएको छ ।