आजका प्रमुख खबरहरुः
१.(कहालीलाग्दो कहर)
नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सहित हालसम्म ९ सय ८४ कोरोना संक्रमितको मृत्यु /आजै २ हजार ९ सय ३३ संक्रमित थपिँदा ३ हजार १ सय ५० जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुग्यो ।
२.(निःशुल्क नगर्ने ?)
कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयद्वारा सर्वोच्च अदालतमा निवेदन /संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर ।
३.(नेकपा ए !कता)
नेकपालाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई/ ओलीले सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको स्वीकार ।
४.(ईश्वर वाणी)
एकताका बेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा नेकपामा विभाजनको दुर्भाग्य निम्तिन लागेको ईश्वर पोखरेलको अभिव्यक्ति/दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी गर्न आग्रह ।
५.(लाज पनि लाग्छ र ?)
सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा लगायो रोक /हाल सडकमा खाना वितरण गर्नु अवस्था नभएको महानगरपालिकाको तर्क ।
६.( किन लुके उजुरीकर्ता ?)
विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने /प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआइपछि सुनुवाई २७ गतेलाई सर्यो ।
७.(जवाफ देउ)
कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलद्वारा नेकपा अध्यक्षद्वयसँग कर्णाली प्रदेशमा देखिएका समस्याबारे धारणा माग/नेकपामा गुट अन्त्य गर्ने भने पनि एक ठाउँमा उभिएका सांसदलाई हतोत्साहित गरिएको आरोप ।
८.(किशोरको उम्मेदवारी)
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानद्वारा उम्मेदवारी दर्ता /महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै ।
९.(कुरा मात्रै कि ?)
महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई /निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह विकृति हटाउन सफल हुने विश्वास ।
१०.(चौरसियाका हत्यारा !)
नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारी पनि पक्राउ/उजुरी परेका १२ जनामध्ये ८ जना भने अझै फरार ।
११.(खोई अनुगमन ?)
निर्माणाधिन वीरगञ्ज ठोरी हुलाकी सडकमा पिच गरेको भोलिपल्टै कालोपत्रे उप्किएपछि काम गुणस्तरहीन भएको भन्दै स्थानीय असन्तुष्ट/गोरखामा पनि गरिएको कालोपत्र एक दिनमै उप्किएपछि स्थानीयद्वारा विरोध ।
१२.(हिमालको आकर्षण)
कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगे /विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम आरोहणका लागि राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविरमा ।
१३.(नेगेटिभ अनिवार्य)
नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान सबै देशका नागरिकले पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने / आयातीत केस बढ्न नदिन चीन सरकारद्वारा सो नीति लागू ।
१४.(मलमको मेसो)
वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डको अनुरोध /सान्त्वना राहत स्वरुप बोर्डले ५० हजार रुपैयाँ प्रदान गर्ने ।
र,
१५.(विश्वमा कोरोना)
विश्वमा हालसम्म कोरोनाबाट १२ लाख ६ हजार बढी संक्रमितको मृत्यु /४ करोड ६८ लाख बढी संक्रमितमध्ये अहिलेसम्म ३ करोड ३७ लाख बढी उपचारपछि निको भए ।