एक करोड रुपैयाँसहित तीन हुन्डी कारोबारी पक्राउ

एक करोड रुपैयाँसहित तीन हुन्डी कारोबारी पक्राउ

१८ कार्तिक, काठमाडौँ ।
हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार बेलुका पक्राउ गरेको हो ।

मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । पौडेलचाहिँ मित्तलका सहयोगी हुन् । ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ । १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ । डीआईजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.