भारतीय राजदूत क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच भेटघाट

भारतीय राजदूत क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच भेटघाट

१९ कार्तिक, विराटनगर ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् ।

भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो ।
भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो ।

हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’ परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।

गत २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.