२१ कात्तिक, काठमाडाैँ ।
हलमा रिलिज भएको डेढ बर्षपछि अनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । चलचित्र बिहीबार ‘बुढा सुब्बा डिजिटल’काे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् भने सुहाना उनकी फ्यानको भूमिकामा प्रस्तुत भएकी छिन् ।
हलमा दर्शकको मन जित्न सफल यस चलचित्रले युट्युबमा पनि यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षले लिएको छ ।
चलचित्रमा अनमोल र सुहा नाका अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायाङ्कन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।
[embedyt] https://www.youtube.com/watch?v=7OZC65XsLV0[/embedyt]