प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटघाट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटघाट

२१ कात्तिक, काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गरेका छन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई जनाबीच शिष्टाचार भेट भएको हो।

सेनाध्यक्ष नरवणे बुधबार नेपाल आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्।

उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.