प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

२१ कात्तिक, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरकेा छन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे।

उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.