प्रचण्डले बोलाएको सचिवालय बैठकमा ४ सदस्य अनुपस्थित

प्रचण्डले बोलाएको सचिवालय बैठकमा ४ सदस्य अनुपस्थित

२१ कात्तिक, काठमाडौं ।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनाैपचारिक सचिवालय बैठकमा चार जना सचिवालय सदस्य अनुपस्थित भएका छन्।पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जनामात्र उपस्थित भएका हुन्।

धुम्बाराहीमा प्रचण्डले अध्यक्षता गरिरहेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित छन्। उनीहरू चारै जनाले बहिष्कार गरेपछि मन्त्री पद नभएकाहरू मात्र बैठकमा उपस्थित भएका हुन्।

सचिवालयका बहुमत सदस्य भने कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठमा उपस्थित भएका छन्। बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्। बैठक केही बेरअघि मात्र सुरु भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.