तमोर नदीमा बन्दै गरेको जलविद्युत आयोजनाको मन्त्रि भट्टराईद्वारा अनुगमन

तमोर नदीमा बन्दै गरेको जलविद्युत आयोजनाको मन्त्रि भट्टराईद्वारा अनुगमन

२२ कार्तिक, ताप्लेजुङ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।

जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निमार्णाधिन मध्ये तमोर आयोजनामा करिब दुई हजार दुई सय मिटर लामो सुरुङमार्ग बनिसकेको छ ।

आयोजनाको तीन हजार चार सय मिटर लामो सुरुङ निर्माण हुने आयोजनाका व्यवस्थापक मणिराज पोख्रेलले बताए । सो निर्माण हुने सुरुङ मध्ये दुई हजार दुई सय मिटर पूरा भएको तमोर जलविद्युत आयोजनाका व्यवस्थापक पोख्रेलले जानकारी दिए ।

आयोजनाको एक हजार दुई सय मिटर सुरुङमार्ग बन्न बाँकी छ । ७३ मेघावाट क्षमताको जलविद्युत आयोजनाको टनेलको काम ४० प्रतिशत सकिएको पोखरेलले जानकारी गराए । लकडाउनका बीच पनि निरन्तर काम भएकोले प्रगति भएको आयोजनाले जनाएको छ ।

त्यस्तै मन्त्रि भट्टराईले हिमाली जिल्ला ताप्लेजुङको सिंवा माध्यमिक विद्यालयको आईसिटी प्रयोगशालाको पनि उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्रि भट्टराइले विद्यार्थी तथा शिक्षकलाई अध्ययन तथा अध्यापन गराउन यस ल्याबले सहज हुन बताए ।

उनले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रमहरु निरन्तर आउने र शिक्षालाई गुणस्तरीय बनाउन पहल गरिने बताए । विद्यार्थीलाई आधुनिक तरिकाबाट अध्ययन( अध्यापन गराउने उदेश्यले प्रविधियुक्त ल्यावको स्थापना गरिएको हो ।

मन्त्रि भट्टराई कै पहलमा मन्त्रालयको एक करोडको सहयोगमा ल्याबको स्थापना गरिएको सिंवा मा.वि.का प्रधानाध्यपक ओमनाथ गौतमले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.