सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे

सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे

२२ कार्तिक, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु सचिवालय बैठकको माग गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय सदस्यको अनौपचारिक बैठक सकिएसँगै नेताहरु बालुवाटार पुगेका हुन् । नेकपा अध्यक्ष प्रचण्डले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

अध्यक्ष ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू केही हच्चिए पनि आज अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पुनस् धुम्बाराहीमा भेला भएका थिए । आजको बैठकले पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको छ ।

धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.