२२ कात्तिक, चितवन ।
चितवनमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ। आक्रमणबाट चन्द्रपुर गैडाटार घर भई हाल रत्ननगर नगरपालिका ६ बस्दै आएका ३६ बर्षीय हंसराज कुँवरकाे मृत्यु भएकाे हाे ।
शनिबार दिउँसो करिव ३ बजेकाे समयमा चितवन राष्ट्रिय निकुञ्ज भित्र हात्ती चराउन जाने क्रममा उनलाई सोही हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
कुँवरले एन पी एन संघको पालुवा हात्तीमा माउतेको रुपमा काम गर्दै आएका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।