NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

शनिबार कार्तिक २२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको छः नेपाली सेना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ कात्तिक, काठमाडौँ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमण गर्नुभएका सेनाध्यक्ष नरवणेले विभिन्न तहमा गर्नुभएको भेटघाट र भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सैनिक र राजनीतिक तहमा मात्र नभई सांस्कृतिक एवं धार्मिक तथा पर्यटकीय क्षेत्रसँग पनि उत्तिकै जोडिएको पक्षलाई उजागर गरेको छ ।

Advertisement

संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाविना एक देशबाट अर्को देशमा सहजै आवतजावतको अभ्यास दुवै देशका नागरिकबाट हुनु दुई देशको घनिष्ठ सम्बन्धको महत्वपूर्ण पक्ष भएको शायदै विश्वलाई थाहा होला ।

काठमाडौँ अवतरण गरेको केही बेरमै सेनाध्यक्ष नरवणे वसन्तपुर र हनुमानढोका क्षेत्र पुगेर त्यहाँका प्राचीन सम्पदा र मन्दिरको अवलोकनका साथै जीवित देवी कुमारी र कालभैरव दर्शन पुगेका थिए ।

प्राज्ञ प्रा दिनेशराज पन्तले कोरोनाको महामारीबीचमा भारतीय सेनाध्यक्षले हनुमानढोका क्षेत्रको भ्रमण तथा पशुपतिनाथ र कुमारीको दर्शन गर्नु भनेको भारतीयहरुमा यस क्षेत्रप्रति कति आस्था र विश्वास रहेछ भन्ने स्पष्ट हुन्छ भने।

नेपाल–भारतका सेनाबीच एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने परम्परानुरुप यहाँ आएका सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणबाट दुईदेशबीच राजनीतिक र कूटनीतिक तहमा देखिएको संवादहीनता छिट्टै अन्त्य हुने अपेक्षा गरिएको छ । कोभिड–१९ को जोखिमका कारण मन्दिर प्रवेशका लागि ढोका बन्द रहे पनि उहाँले विश्वका हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपति क्षेत्र पुगेर बाहिरबाटै दर्शन गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले भने, “ढोका बन्द भएकाले उहाँले त्यहाँ पुगेर बाहिरबाटै भने पनि दर्शन गर्नु भनेको आराध्यदेव पशुपतिनाथप्रतिको ठूलो श्रद्धा सुमन र सम्मान हो । ”

भारतीय सेनाध्यक्षले पशुपतिनाथको दर्शन गरेबाट यस क्षेत्रको महत्व उजार भएको बताउँदै उनले भने, “बाहिरबाटै दर्शन गरेर पनि सेनाध्यक्षले आफूलाई अहोभाग्य सम्झनुभयो, यस क्षेत्रको महत्व कति रहेछ भन्ने विश्वलाई जानकारी गराउन हामीले अब ‘टेम्पल डिप्लोमेसी’को अवधारणा अघि बढाउनुपर्छ । यो सम्बन्ध सुधार गर्ने अर्को उचित बाटो पनि हुन्छ ।”

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्शामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरिरहेकै अवस्थामा भएको सेनाध्यक्षको यस भ्रमणबाट सम्बन्ध सुधारतर्फ राम्रो शुरुआतको सङ्केत देखिएको विश्लेषण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा मित्रवत् र बलियो सम्वन्ध कायम राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने सन्देश लिएर उनी नयाँ दिल्ली फर्किएका छन् । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न कोशिश गरिएकाले सम्बन्ध सुमधुर तुल्याउन र विवाद मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपाली सैनिक मुख्यालयले दुवै देशका सेनाबीच रहिआएको अत्यन्तै सुमधुर सम्बन्धको सङ्केत गर्न उपहारस्वरुप शान्तिका दूत गौतम बुद्धको ठूलो प्रतिमा सेनाध्यक्षलाई प्रदान गरेको थियो । भारतीय सेनाले पनि कोभिड–१९ को जोखिमको सामना गरिरहेका नेपाली जनताको स्वास्थ्योपचारको पाटोलाई हेक्का गर्दै घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक एम्बुलेन्स, भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गर्नाले शदिऔँदेखि दुई देशबीचको धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचाराको गहिरो सम्बन्धलाई पुन प्रष्ट्याएको छ ।

दुई देशबीचमा कतिपय विषयमा रहेका समस्या संवादमार्फत नै समाधान हुने प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त धारणाको सन्देश पनि लिएर उनी फर्किएका छन् । यसबाट नेपालले राजनीतिकस्तरको समस्या सुल्झाउन सकिने सन्देश पनि नेपाली जनताको अपेक्षानुरुप नै प्रवाह गर्न सफल भएको छ ।

नेपाल भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्रको दृश्यावलोकन गर्ने क्रममा स्याङ्बोचेस्थित होटल एभरेष्ट भ्यू पुगेका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिड–१९ बाट उत्पन्न यस्तो विषम अवस्थामा उहाँको सगरमाथा क्षेत्रको भ्रमणले नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए ।

उनले भने, “सेनाध्यक्ष नरवणेको भ्रमणको भारतीय सञ्चारमाध्यमले पनि राम्रोसँग समाचार कभर गरेको हुनाले भारतीयमा सगरमाथा क्षेत्र नजीकको पर्यटन गन्तव्य रहेछ भन्ने सन्देश गएको छ । यो हाम्रो देशको पर्यटन प्रवद्र्धनका लागि ठूलो विज्ञापन हो, ठूलो अवसर हो ।”

रासस

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.