प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

२३ कात्तिक, काठमाडाैं।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ट्वीटरमार्फत नवनिर्वाचित राष्ट्रपति बाइडनलाई ऐतिहासिक जित निकालेकाेमा बधाई ज्ञापन गरेका हुन् ।

नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् ।

बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् – ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.