NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

आइतवार कार्तिक २३ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२३ कात्तिक, कास्की ।

पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ । पर्याप्त जलाशयका कारण पोखरा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेका छन् । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकोले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । पछिल्ला वर्षमा पाहुना चराको सङ्ख्या भने घट्दै गएको उनले बताए । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनले बताए ।

हिउँद शुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै छिर्ने कर्याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ । ठूला ठूला झुण्डमा आउने कर्याङकुरुङ पोखरा हुँदै काली गण्डकी उपत्यका पार गर्दै भारतको राजस्थान लगायतका स्थानमा पुग्ने गरेको घिमिरेले जानकारी दिए । पोखरा र आसपासमा कर्याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरे बाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका स्थानीयवासी बताउँछन् ।

पोखरासहित समग्र गण्डकी प्रदेश चरा पर्यटनका लागि आकर्षक गन्तव्य रहेको पत्रकार कृष्णमणि बरालले बताए । विशेष गरी जलाधार क्षेत्र चराहरू रमाउने स्थल भए पनि पछिल्ला वर्षमा बढ्दो मानवीय अतिक्रमणले चराको वासस्थान सङ्कटमा पर्दै गएको उनले बताए । झण्डै एक दशक अघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा पछिल्ला वर्षमा भने त्यो क्रम कम हुँदै गएको उनले बताए । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको उनको भनाई छ ।

कास्कीको दक्षिणभेगस्थित सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको छ । सुरौदी जलाधार क्षेत्रमा अन्य विभिन्न प्रजातिका चरा पनि कम हुँदै गएको स्थानीयवासीले बताए । पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् ।

संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको छ । कास्कीको लेखनाथ क्षेत्रस्थित रुपातालमा १०÷१२ वर्ष अघिसम्म पाउने गरिएको दाह्रे हाँस (स्थानीयले रजहाँस भन्ने गरेको) र सेतोहाँस अहिले पाउन छोडिएको छ ।

यसअघि २०७४ सालको हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ । अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ । पछिल्ला वर्षमा जलाधार क्षेत्रमा पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायतका चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ ।

पोखरा पन्छी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख गरेका छन् ।

विश्वमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छ । पोखरा र आसपासमा मांसाहारी प्रजातिका चराको सङ्ख्या धेरै पाइने भएकोले पोखरालाई मांसाहारी चराको राजधानी पनि भन्ने गरिएको छ । चराहरूको संरक्षण एवम् पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा केही वर्ष यता चरा उत्सव गर्न थालिएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवं यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव गर्न थालिएको हो ।

पोखराका अष्ट्रियन क्याम्पबाट अङ्ग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बरसम्म शिकारी प्रजातिका चरा बसाइँसराइ गरेको देख्न पाइन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने अवस्थालाई दृष्टिगत गर्दै पदयात्रा क्षेत्रमा पनि चरा पर्यटनलाई सँगसँगै अघि बढाउन खोजिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पदयात्रासँगै चरा पर्यटनलाई पनि अघि बढाउने लक्ष्यका साथ चरा गणना गर्ने काम भइरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा गणना कार्य भइरहेको जानकारी दिँदै उनले हालसम्मको अध्ययनले पदमार्ग क्षेत्रमा १३७ प्रजातिका चरा पाइएको बताए ।

“सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर बन क्षेत्र रहेको छ,” उनले भने, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।” पन्छी समाजले गरेको स्थलगत अनुसन्धानले मिलेनियम ट्रेकलाई चरा अध्ययन केन्द्रको रुपमा अघि बढाउन सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ । अध्ययनको क्रममा सबैभन्दा बढी नेपालमा मात्रै पाइने काँडे भ्याकुर भेटिएको र अन्य अति सङ्कटमा परेको केही चरा पनि देखिएको पोखरा पन्छी समाजले जनाएको छ ।

पन्छी समाजका अध्यक्ष घिमिरेका अनुसार पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँईचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्ध लगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाई, कालो चिल, काकाकुल, शिक्रा, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका प्रजातिका चरा भेटिएका छन् । संरक्षणका क्षेत्रमा कृयाशिल प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङभाङ भैँसेगौँडामा अघिल्लो वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेशको हिमालपारिको जिल्ला मुस्ताङमा हालै दुई सय वर्षमा चार पटक देखा परेको दुर्लभ लम्काने लाटोकोसेरो (लङ यर्ड उल) भेटिएको छ । घरपझोङ गाउँपालिका वडा नं ५ ठिनीका युवा एवं राष्ट्रिय समाचार समितिका मुस्ताङ समाचारदाता निरज थकालीले स्याउबारीबाट देखिएको उक्त लाटो कोसेरोलाई भिडियोमा कैद गरेका हुन् ।

यसअघि २१ वर्ष पहिला यसप्रकारको प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पिपरमा भेटिएको भए पनि त्यसको कुनै फोटो वा भिडिओ भने सार्वजनिक हुन सकेको थिएन । करिब ५८ वर्ष अघि काठमाडौँको ककनीमा यो प्रजातिको नमुना सङ्कलन गरिएको थियो । काठमाडौं उपत्यकामा १९ औं शताब्दीमा सर ब्राईन हगसनले यसको नमूना अभिलेख गरेको भन्ने भनाइ छ । लामो समयपछि भेटिएको यो प्रजातिले लाटोकोसेरो संरक्षणकर्मीलाई अनुसन्धानमा सहयोग पुर्याउने प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए । थकालीले खिचेको भिडियो अनुसन्धानकर्मीको अध्ययनबाट लामकाने लाटोकोसेरो भएको निष्कर्षमा पुगिएको आचार्यले बताए । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये यो एक रहेको उनको भनाइ छ ।

पर्यटकीय नगरी पोखरासहित हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म फैलिएको गण्डकी प्रदेश चरा पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै आचार्यले यसको प्रवद्र्धन र विकासमा राज्यको चासो पुग्नुपर्ने बताए । “गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ५०० प्रजातिका चरा पाइन्छन् जसमध्ये १०० स्तनधारी प्रजाति छन्,” उनले भने, “नेपालमा पाइने ८८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा ६०० प्रजाति पाइन्छन् ।”–वासुदेव पौडेल/रासस

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड
अन्तर्राष्ट्रिय

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.