प्रतिबन्धित लागुऔषध सहित चार जना झापाबाट पक्राउ

प्रतिबन्धित लागुऔषध सहित चार जना झापाबाट पक्राउ

२६ कात्तिक, झापा । झापाको बिर्तामोड-२ फुलबारी टोलबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन् ।

उनीहरुलाई हिजो अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.