बलात्कार, हत्या तथा अपहरणको आरोप लागेका बोम्जनको घर र वडा कार्यालयमा अदालतको सूचना टाँस

बलात्कार, हत्या तथा अपहरणको आरोप लागेका बोम्जनको घर र वडा कार्यालयमा अदालतको सूचना टाँस

२६ कार्तिक पर्सा ।
बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टास गरेको छ ।

आफ्नै आनिको बलात्कारको आरोपमा बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने म्याद दिएइएकोमा उक्त म्याद सकिएपछि उनको घर र वडा कार्यालयमा प्रहरीले म्याद तामेली भएको सूचना टाँस गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बाल यौनशोषणको आरोप लागेका बोम्जनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेन्ट जारी गरि हाँजिर हुन आउन दिएको म्याद नाघेपछि प्रहरीले बोम्जनको निजगढ नगरपालिका १२ रतनपुरी स्थित घरमा हाँजिर हुन भन्दै सूचना टाँस गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बोम्जनविरूद्ध आफनै अनुयायीको यौनशोषण गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै जिल्ला अदातलले आरोपित बोम्जनविरुद्ध गत असार २१ गते वारेन्ट जारी गरेको थियो ।

बोम्जनमाथि आफ्नै अनुयायीको बलात्कार हत्या तथा बेपत्ता पारेको आरोप पनि छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.