कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गतेलाई सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गतेलाई सर्‍यो

२६ कात्तिक, काठमाडौँ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठक पर्सि २८ गते बस्ने जानकारी गराएका हुन् ।

यसअघि पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.