जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली

जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली

२६ कात्तिक, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु रहरले प्रधानमन्त्री नभई जनताले बनाएको बताएका छन् । जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले कसैले राजिनामा दिन लगाउनु जनचाहना विपरीत रहेको दावी गरे।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफूले कुनै पनि हालतमा राजीनामा नदिने पनि बताएका छन् ।

‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोही कसैले राजिनामा माग्नु ब्यर्थ हो’, प्रम ओलीले भने । उपचारको क्रममा आफैले डाक्टरसँग डिस्चार्ज मागेको ३ दिनपछि काममा लागेको बताउँदै आफु सधै देश विकासमा चिन्तित रहेको बताए । पछिल्लो समय पार्टी फुटको हल्ला चलाईएकोले त्यस्ता कुराको विश्वास नगर्न ओलीले आग्रह गरे ।

५० ववर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बताए ।

प्रधानमन्त्री ओलीले जोगवनी-खाँदबारी-किमाथांका सडक चीन, भारत र नेपाललाई जोड्न देशकै महत्वपुर्ण बाटो रहेको बताउँदै राज्यको प्राथमिकतामा रहेको बताए। सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिईसकिएको र सडक ट्रयाक ओपन भएपछि कालो पत्रेसम्मको काम क्रमस हुने गरिने बताए । सडक निर्माणपछि किमाथाङ्का निक्कै नजिक हुने प्रधानमन्त्री ओलीले दावी गरे ।

अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.