आजको सचिवालय बैठकमा ओली सहभागी हुने

आजको सचिवालय बैठकमा ओली सहभागी हुने

३ मंसिर, काठमाडौँ ।
आज दिउँसो १ बजे बस्ने सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकसँग बाझिने गरि मन्त्रिपरिषदको बैठक बोलाएका थिए । तर त्यसपछि भएका छलफलले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सार्ने र सचिवालय बैठकमा ओली पनि सहभागी हुने तय गरेको हो ।

ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

ओली प्रचण्ड–नेपाल (माधवकुमार नेपाल) समूहको माग अनुसार दिउँसो १ बजे नै सचिवालय बैठक राख्न सहमत भएको सन्देश पौडेलले खुमलटार लगेका हुन् ।

त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् ।

यस्तै ओलीले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् । विवाद समाधानको विकल्प वा उपायहरुबारे के गर्ने भने सचिवालयको बैठकले रणनीति बनाउने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.